मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रामेछापमा भ्यान दुर्घटनामा परी चालकको मृत्य
दुर्घटना/अपराध

रामेछापमा भ्यान दुर्घटनामा परी चालकको मृत्य

कात्तिक २६
रामेछाप । रामेछापको मन्थली नगरपालिका १ मा सवारी दुर्घटनामा परी चालककाे मृत्यु भएकाे छ । उनकाे मंगलबार राति २ : ३५ मा मृत्यु भएको हाे । मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका ४ बस्ने ३२ वर्षीय साेही गाडी चालक प्रदिप कार्की रहेका छन् ।

उनलाई घाइते अबस्थामा फेला पारी जिल्ला प्रहरीले उदार गरी उपचारको लागी मन्थलीस्थित् तामाकोशी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए ।

प्रदेश ३-०१-००६ ख ३२० नम्बरको डिब्बा भेन गाडी दोलखाबाट ओखलढुङ्गातर्फ तरकारी,फलफुल,कोलड्रिङ्स लियर जांदै गरेकाे थियाे । गाडी सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेकाे थियाे । मृतककाे शव पाेष्टमाटमकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएकाे छ । दुर्घटनाकाेेेे कारण खुलेको छैन ।

फेसबुक प्रतिक्रियाहरु