आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • मकवानपुरका दिपेश विश्वकर्माको निधन प्रती कांग्रेसद्वरा दुःख ब्यक्त
समाचार

मकवानपुरका दिपेश विश्वकर्माको निधन प्रती कांग्रेसद्वरा दुःख ब्यक्त

कात्तिक २६,

काठमाडौं । नेपाली कांग्रेसले मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं-८ का दिपेश विश्वकर्माको  निधन प्रती दुःख ब्यक्त गरेको छ । उनको मंगलबार ३३ वर्षको उमेरमा निधन भएको थियो ।

स्वर्गीय विश्वकर्माले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ । विश्वकर्मा मकवानपुर जिल्लाबाट क्षेत्रीय प्रतिनिधि एवं २०७४ को स्थानीय निर्वाचनमा सोही वडाको वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए । उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ मुख्य सचिव कृष्णप्रसास पौडेलले जारी गरेको शोक पत्रमा उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु