आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका १३ जिल्लाकै, जिल्ला अधिबेशन आउदो मंसिर र पुष महिनामा हुदै
रामेछाप बिशेष

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका १३ जिल्लाकै, जिल्ला अधिबेशन आउदो मंसिर र पुष महिनामा हुदै

कात्तिक २६,

रामेछाप । राष्ट्रिय संगीतकर्मी संघले बागमती प्रदेशका १३ जिल्लाको जिल्ला अधिबेशन र प्रदेश अधिबेशनको मिति तय गरेको छ ।

मंगलबार सघंको केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला शाखा तथा अध्यक्ष/ सचिवको समन्वयमा १३ जिल्लाकै जिल्ला अधिबेसनको साथै प्रदेश अधिबेशनको मिति र अधिवेसनको स्थान समेत तोकेको छ। जसअनुसार ललितपुर जिल्लाको अधिबेशन आगामी मंसिर १३ गते ललितपुरमा, सिन्धुपाल्चोक जिल्लाको अधिबेशन कार्तिक १३ गते बार्हबिसेमा, नुवाकोट जिल्ला अधिबेशन मंसिर २० गते बिदुरमा, रसुवा जिल्ला अधिबेशन मंसिर २० गते, काभ्रे जिल्ला अधिबेशन मंसिर २० गते बनेपामा, काठमाडौ जिल्ला अधिबेशन मंसिर २७ गते काठमाडौं, सिन्धुली जिल्ला अधिबेशन मंसिर २७ गते सिन्धुलिगढीमा, धादिङ जिल्ला अधिबेशन पौष ४ गते धादिङमा, चितवन जिल्ला अधिबेशन पौष -४ गते नारायणघाटमा, मकवानपुर जिल्ला अधिबेशन पौष -४ गते हेटौंडामा,दोलखा जिल्ला अधिबेशन पौष -१० गते चरिकोटमा, र रामेछाप जिल्ला अधिबेशन पौष -११ गते मन्थलीमा गर्ने गरी मिति र स्थान तय गरिएको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यसरी नै राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको अधिबेशन माघ -३ गते शनिबार काठमाडौमा गर्ने निर्णय गरिएको कार्कीले बताए ।

फेसबुक प्रतिक्रियाहरु