शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • आगामी महाधिबेशनमा निधि सभापतिको उम्मेदवार हुनु पर्छ-नेता रिजाल
समाचार

आगामी महाधिबेशनमा निधि सभापतिको उम्मेदवार हुनु पर्छ-नेता रिजाल

कात्तिक २६,

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आगामी महाधिबेशनमा विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुनु पर्ने बताएका छन् ।

बुधबार बिहान टुवीट्मा लेख्दै उनले आसन्न १४औं महाधिवेशनमा निधि सभापतिको उम्मेदवार बन्दा पार्टीलाई राम्रो हुने बताएका हुन् । कांगेसको १४ औं महाधिवेश नजिकिदै गर्दा रिजालले निधिनै आगामी महाधिवेशनको लागि उपयुक्त सभातिको लागि दाबेदार भएको बताएका हन् । उनले टुवीट्मा लेखेका छन्- निधि सभापति बन्दा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन भनेका छन् । उनी निधिको पक्षमा थप लेख्छन्- त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।

फेसबुक प्रतिक्रियाहरु