शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ओलीको नेतृत्वमा भएको चुनावी गठबन्धन प्रतिगामी हो : रामचन्द्र पौडेल
समाचार

ओलीको नेतृत्वमा भएको चुनावी गठबन्धन प्रतिगामी हो : रामचन्द्र पौडेल

जुनेली न्युज, १७ बैशाख काठमाडौँ |

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी  रहेको बताएका छन् | कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन पनि भनेका छन |

तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको उनले बताए |

पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन आग्रह गरे  |

“चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुारा बोल्न हुँदैन् | विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ | गाउँको विकास र लोकतन्त्र जोगाउछौं , लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो | राजनीति स्थायी  गरेर विकासको बाटो डोर्‍याउन गठबन्धन गरिएको हो |” उनले भने |

उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान सुरु लागेको बताए | पौडेलले कांग्रेसले कम्युनिष्टहरूले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए |

फेसबुक प्रतिक्रियाहरु