शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलेनको चुनाब चिन्ह ‘लौरो’
Breaking News

बलेनको चुनाब चिन्ह ‘लौरो’

जुनेली न्युज,१७ बैशाख काठमाडौँ |

 

काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् |

 

निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गरेको छ |

चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् |

 

उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् |

चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए |

फेसबुक प्रतिक्रियाहरु