बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ
दुर्घटना/अपराध

विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ

जुनेली न्युज,१६ बैशाख काठमाडौँ |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्ने प्रयास भएको छ | जस माकर्मचारी सहित ५ जना पक्राउ परेका छन | हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको हो |

“विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् |” विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले भने |

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् | तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् |

एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए | तर चेकजाँचका क्रममा पक्राउ परेका थिए |

फेसबुक प्रतिक्रियाहरु