सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • “विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि ”: केशब स्थापित
समाचार

“विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि ”: केशब स्थापित

 

जुनेली न्युज,१२ बैशाख काठमाडौँ |

नेकपा एमालेको तर्फबाट  काठमाडौँ महानगरका उम्मेदवार केशब स्थापितले उम्मेदवारी दर्तापछि राष्ट्रिय सभागृहको प्रांगणमा पत्रकारहरुसँगको कुराकानीमा पत्रकारले यौन दुर्व्यवहार आरोपका बारेमा गरेको प्रश्नमा उनले हल्का टिप्पणी गर्दै आरोप लगाउने महिलाहरूलाई पागलको संज्ञा दिएका हुन् |

 

“आजकल यो पागलहरुका लागि औषधि खान केही पैसा लाग्दैन | मेरो अरु भनाइ छैन | बेलाबेलामा यो इस्यु उठ्छ | त्यसमा मेरो भनाइ केही पनि छैन,” उनले भने, “विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि |”

उनि पहिला पनि विवादमा मुछिएपछि वाग्मती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले “अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहन नगरेको” भन्दै हटाइएका थिए  |

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सोमबार स्थापितले भने, “गेम इज ओभर तर छाप लगाउन प्रतीक्षा त गर्नुपर्‍यो |”

त्यस्तै एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू युवाको प्रतिनिधि भएको बताइन् | उनले संस्कृति र समाजको क्षेत्रमा काम गर्ने बताइन् | स्थापित जस्तो व्यक्तिसँग उम्मेदवार बन्न पाउँदा खुसी लागेको डंगोलको भनाइ थियो | “अनुभवी, विज्ञको विज्ञता र युवाको जोश हुनुपर्छ अनि बल्ल काठटमाडौं महानगर बन्छ,” उनले भनिन् |

एमालेको घोषणापत्रमा युवाहरूको प्रतिबद्धता समेटिएको डंगोलको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु