बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जनको उम्मेदवारी
समाचार

नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जनको उम्मेदवारी

जुनेली न्युज,१२ बैशाख |

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट पुनः चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् |

जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो उनले मेयरको पदमा उम्मेदवारी दर्ता गराएका हुन् |

 

गठबन्धनमा कांग्रेसको भागमा परेको ललितपुर महानगरमा पार्टीले सोमबार उनलाई दोहोर्‍याउने निर्णय गरेको थियो |

“आगामी चुनावमा पहिलाको भन्दा पनि बढी सहयोगको आशा गरेको छु |  मेरो तर्फबाट पनि ललितपुर महानगरपालिकामा गर्नुपर्ने कामहरू छन् | ५ वर्षमा प्राप्त गरेको अनुभवलाई परिष्कृत गरेर म अग्रसर भएर थप राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु,” उनले भने |उनले आफूलाई नेपाली कांग्रेसले मेयरको टिकट दिएकोमा प्रधानमन्त्री, मन्त्रीहरू, नेपाली कांग्रेसका पदाधिकारी तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् |

साथै यसपालिको चुनावमा पनि आफैंले जित्ने उनले  विश्वास व्यक्त गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु