आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देउबाले बोलाए काँग्रेस शिर्ष नेता हरु को बैठक
समाचार

देउबाले बोलाए काँग्रेस शिर्ष नेता हरु को बैठक

जुनेली न्युज,०८ बैशाख काठमाडौँ |

 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् |

बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् |

बैठकमा नेपाली काँग्रेसका संस्थापन पक्षका नेता डा. शशांक कोइरालाका, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ | बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ |

काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था रहेको छ |

फेसबुक प्रतिक्रियाहरु