बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • भारतमा कोरोना संक्रमण बढे संगै नेपालमा पनि सतर्कता अपनाउन स्वस्थ्य मन्त्रालयको अनुरोध
Breaking News

भारतमा कोरोना संक्रमण बढे संगै नेपालमा पनि सतर्कता अपनाउन स्वस्थ्य मन्त्रालयको अनुरोध

जुनेली न्युज, ०८ बैशाख काठमाडौँ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ |

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ | “वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ” विज्ञप्तिमा उल्लेख गरिएको  छ |

मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ |

 

फेसबुक प्रतिक्रियाहरु