सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिनू:केपी ओली
समाचार

प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिनू:केपी ओली

जुनेली न्युज,०८ बैशाख काठमाडौँ |

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन पार्टीका नेताहरूलाई भनेका छन् |

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेकोले  त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका छन् |

केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् | “केही केही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ, | ”यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु | वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं |” उनले भने |

 

फेसबुक प्रतिक्रियाहरु