मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पाटन औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा विस्फोट
दुर्घटना/अपराध

पाटन औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा विस्फोट

१ जनाको मृत्यु ५ जना घाइते

जुनेली न्युज ८ बैशाख काठमाडौँ |

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको  अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ |

विस्फोटमा परी ५ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए |

अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ | अहिले प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ |

घाइतेहरूलाई अस्पताल लगिएको  प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए |

फेसबुक प्रतिक्रियाहरु