शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने,
Breaking News

भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने,

जुनेली न्युज, २७ चैत |

भरतपुर महानगरमा नेपाली  कांग्रेसबाट मेयरमा  आकांक्षीहरुले मनोनयन दर्ता गर्ने भएका छन् |

नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमवार मनोनयन दर्ता गर्न दुई दिनको समय दिएको छ |

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज र भोलि मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगर सचिव कृष्ण बगालेले बताए | आइतवार बिहान ११ बजेबाट सुरु हुने मनोनयनको सबै तयारी पूरा भएको सचिव बगालेले बताए |

उनका अनुसार महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरको लागि दुई हजार रुपैयाँ तोकिएको छ | मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले दाबी रहेको छ |

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठवन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकि रेनु दाहाललाई जिताएको थियो |

महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् |

फेसबुक प्रतिक्रियाहरु