शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • “निर्बाचन खर्च महंगो हुदै गएको छ,”- डा. शशांक कोइराला
Breaking News

“निर्बाचन खर्च महंगो हुदै गएको छ,”- डा. शशांक कोइराला

चुनाव खर्च : पहिलो ८० हजार, दोस्रो तीन करोड र तेस्रोपटक ६ करोड!

जुनेली न्युज, २६ चैत काठमाडौँ  |

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चुनाब  खर्च अत्यन्तै महंगो हुँदै गएको बताएका छन् | खर्चकै कारणले गर्दा  चुनाव लड्न नसकिने अवस्था आएको उनले बताए |

नेविसंघ इलाम काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न कोही आएमा  छोडिदिने घोषणा गरे |

आफूले पहिलोपटक निर्वाचन लड्दा  ८० हजार रुपैयाँ खर्च गरेका उनले  दोस्रोपटक चुनाव लड्दा तीन करोड र गएको प्रतिनिधिसभामा निर्वाचित हुँदा ६ करोड खर्च भयको बताए | कोइराला नवलपरासी क्षेत्र नम्बर १ गयाकोटबाट तीन पटक निर्वाचित भएका हुन् |

“चुनाव खर्च त घट्दै जानुपर्ने होइन, झन् झन् बढिरहेको छ, किन बढ्दै गएको हो,” उनले भने |

अब पनि उक्त क्षेत्रमा निर्वाचन लड्दा अब पनि ६/७ करोड खर्च गर्नैपर्ने देखिएको कोइरालाले बताए |

”पहिलो चुनावमा मलाई त्यहाँ कसैले चिन्दैनथे, नयाँ थिएँ, चिनिसकेपछि त मूल्य घट्नुपर्ने हो नि,” कोइरालाले भने।

 

 

फेसबुक प्रतिक्रियाहरु