शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • “व्यस्तता कारण उम्मेदवारी फिर्ता”- भुवन केसी
Breaking News

“व्यस्तता कारण उम्मेदवारी फिर्ता”- भुवन केसी

जुनेली न्युज, २६ चैत काठमाडौँ |

काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदारी घोषणा गरेका अभिनेता भुवन केसी ले व्यस्तताक कारण उम्मेदारी फीर्ता लिएको बताएका छन | उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवार बनाउने घोषणा गरेको थियो |

तर घोषणाको  एक साता नबित्दै अभिनेता केसीले  फेसबुकमार्फत् आफू अहिले उम्मदेवार बन्न असमर्थ रहेको  कुरा जानकारी दिएका छन् | फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै उनले आफू प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताए |

केसीले आफू कुनै राजनीतिक दलसँग आवद्ध नरहेको तर आफूलाई उम्मेदवार बनाएको पार्टीप्रति आफ्नो नैतिक समर्थन रहेको जनाएका छन् |

 

“मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु | त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने ईच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु | तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु,” केसीले  फेसबुकमा लेखेका छन् |

 

फेसबुक प्रतिक्रियाहरु