शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मतपत्रको परीक्षण छपाई सुरु
Uncategorized

मतपत्रको परीक्षण छपाई सुरु

जुनेली न्युज,

 

स्थानीय तह निर्बाचनका लागि मतपत्रको परीक्षण छपाई सुरु भएको छ |

 

मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए |

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गई  मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिएका छन्| मतपत्र छपाइ भन्दाअघि मेसिनको परीक्षण गरिएको छ|

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी रहेको छ |

 

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ|नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ|

फेसबुक प्रतिक्रियाहरु