बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ५० सदस्यीय टोलि सहित प्रधानमन्त्री देउबा भारत भ्रमणमा जाँदै
समाचार

५० सदस्यीय टोलि सहित प्रधानमन्त्री देउबा भारत भ्रमणमा जाँदै

जुनेली न्युज

१८ चैत काठमाडौँ,

प्रधानमन्त्री शेरबहादुर देउबा आज दिउँसो ५० सदस्यीय टोलि सहित भारत को औपचारिक भ्रमणमा  जाँदै छन |पाँचौपटक प्रधानमन्त्री भएका देउबाको यो पहिलो भारत भ्रमण हो |

प्रधानमन्त्री देउवा आज तिन दिने  भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् | भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो  | भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहेका छन् |

भारत भ्रमण क्रममा प्रधानमन्त्री देउवाले बिजुली आयात निर्यात,  रासायनिक मलको सहज आपूर्ति, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी रहेको छ | तर पनि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा बारे केहि बताएको  छैन |

प्रधानमन्त्री देउवाले १९ गते भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।

 

फेसबुक प्रतिक्रियाहरु