शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्थायी शिक्षक भर्नाको लागि परीक्षा सुरु
शिक्षा

स्थायी शिक्षक भर्नाको लागि परीक्षा सुरु

जुनेली न्युज ,१५ चैत, काठमाडौं ।

आजबाट स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा  सुरु भएको छ । १७ हजार २ सयभन्दा बढी  शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन तथा नियुक्ति प्रक्रिया पूरा गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

आज पहिलो दिन मावि तहका शिक्षकको परीक्षा  सन्चालन भएको  छ । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका  विज्ञापन खुलाएको थियो ।  परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।

“करिब पाँच वर्षपछि सञ्चालन हुन लागेको शिक्षक सेवा आयोगको परीक्षाका लागि सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ”। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए ।

 

सरकारले हाल कक्षा ८ सम्म आधारभूत र त्योभन्दा माथि कक्षा १२ सम्म मावि गरी दुई तहको शिक्षा निर्धारण गरेको छ । तर आयोगले भने मावि, निमावि र प्रावि गरी तीन तहको पुरानै व्यवस्था अनुसार शिक्षक भर्ना गर्दै छ ।

फेसबुक प्रतिक्रियाहरु