सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ४९ औँ दिक्षान्त समारोहमा बिधार्थीको रौनक झन्डै १३ हजार दीक्षित
शिक्षा

४९ औँ दिक्षान्त समारोहमा बिधार्थीको रौनक झन्डै १३ हजार दीक्षित

२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।
त्रिविको ६१औं ग्रेसलिष्टमा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४१५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ ११२ विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित हुने अभिभावक र उनीहरुका अभिभावक गरी करिब २६ हजार जनाको भौतिक उपस्थितिमा दीक्षान्त समारोह गरेको त्रिविले विश्व कीर्तिमानमा नाम पनि लेखाएको छ ।
विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा. डा. शिवलाल भुसालले वि.सं. २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

गत वर्ष १० हजार ३०० विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारी सहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

 

स्रोत: onlinekhabar

फेसबुक प्रतिक्रियाहरु