शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वर्गीय भिम बहादुर दर्लामीको स्मृति ग्रन्थ मेयर रिसालद्वारा बिमोचन
गोकर्नेश्वोर बिशेष

स्वर्गीय भिम बहादुर दर्लामीको स्मृति ग्रन्थ मेयर रिसालद्वारा बिमोचन

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको एकता जेम्स स्कुलका फाउन्डर स्वर्गीय भिम बहादुर दर्लामीको नाममा भिम स्मृति ग्रन्थको आज बिमोचन भएको छ |

२०७९ अशोज ५ गते दुर्घटनाका कारण मृत्यु भएका दर्लामीको ४३ औ जन्म जयन्तिको अवसरमा आज एकता जेम्स स्कुल नयाबस्तीमा एक कार्यक्रम गरि पुस्तक बिमोचन गरिएको हो | कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख अतिथ्यतामा र उप मेयर सान्नानी लामाको बिशेस अतिथ्यतामा साथै विभिन्न स्कुलका फाउन्डर प्रिन्सिपल सहितको उपस्थितिमा दर्लामीको सम्झना सहित पुस्तक बिमोचन गरिएको हो |

को हुन् भिम बहादुर दर्लामी 

वि.सं. २०३७ साल पौष २४ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका नरपानीमा जन्मिएका भिवबहादुर दर्लामी मगर यस विद्यालयका संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो । बाल्यकाल अर्घखाँची जिल्लामै बिताए पनि उच्च अध्ययन एवं कर्मथलोको रूपमा काठमाडौं उपत्यकालाई नै बनाउनु भयो । बिभिन्न संर्घषहरू गर्दै शौक्षिक क्षेत्रको उन्नयन र प्रगतिमा आफ्नो जीवन समर्पण गर्नुभयो । एकता जेम्स एजुकेशनल एण्ड टेक्निकल फाउण्डेशन र युनिक बोर्डिङ स्कुल अर्घखाँचीका संचालक समेत रहेका भीमबहादुर दर्लामीले संस्थागत विद्यालय संघ नेपाल (इसान), स्टेप, नेपाल मगर संघ, गोकर्णेश्वर नगरपालिका परीक्षा समिति, सयौं थुंगा बचत तथा ऋण सहकारी संस्थामा समेत आबद्ध भई योगदान दिनुभएको थियो । एकता जेम्स स्कुल तथा कलेजलाई महाविद्यालय बनाउने सोच उहाँले राख्नु भएको थियो । तर विधिको विधानलाई कसैले टार्न सक्ने कुरै भएन । वि.सं. २०७९ साल भाद्र २ गते दुर्घटनामा परी उपचारकै क्रममा २०७९ साल असोज ५ गते उहाँका सोचहरूलाई पूरा नगर्दै यस धर्तीबाट सदाका लागि बिदा हुनुभयो ।

फेसबुक प्रतिक्रियाहरु