शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कांग्रेसका अधिकांश नेता चुनावी तालमेलको पक्षमा, आज निर्णय हुने
Breaking News

कांग्रेसका अधिकांश नेता चुनावी तालमेलको पक्षमा, आज निर्णय हुने

जुनेली न्युज काठमाडौँ,

प्रधानमन्त्री समेत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका अधिकांश नेता चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका छन्।

शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका थिए।

चुनावी तालमेलको ढाँचालगायतका विषयमा आज ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्नेछ। कांग्रेसले अरू दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गर्ने सम्भावना बढी छ।

सभापति देउवा चुनावी तालमेलको पक्षमा छन्। उनीनिकट नेताहरू पनि तालमेलकै पक्षमा छन् ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत भने गठबन्धन गरेर जान नहुनेमा छन्।

पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार गठबन्धनबारे आज बस्ने बैठकले निर्णय गर्नेछ। अधिकांश केन्द्रीय सदस्य चुनावी गठबन्धनकै पक्षमा देखिएको र एक्लै चुनावमा जानुपर्छ भन्ने मत पनि पार्टीमा आएको महतले भने ।

 

फेसबुक प्रतिक्रियाहरु