शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बागमती प्रदेश कान्छो प्रतिनिधि सविन विश्वकर्मा
रामेछाप बिशेष

बागमती प्रदेश कान्छो प्रतिनिधि सविन विश्वकर्मा

जुनेली न्युज, रामेछाप। रामेछाप जिल्लाको प्रदेश अधिवेशनबाट सबिन बिश्वर्कमा बाग्मती प्रदेश भरीकै कान्छो प्रदेश अधिबेशन प्रतिनिधि बनेका छन् । दलित कोटाबाट उम्मेदवारी दिएका उनले आफ्ना प्रतिस्पर्धी अत्यधिक मतले पराजित गरेर  हुन । उनी २३३ मतान्तरले विजयी भए ।

सानैदेखि राजनीतिमा रुची भएका सबिन १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय रहेको बताउँछन् । सुरुमा जन जागृत उच्च माध्यमिक बिघालयदेखी राजनीतिक यात्रा सुरु गरेका उनी यो बिचमा सोही विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सभापति हुँदै हाल नेपाल दलित बिघार्थी सघंको केन्द्रीय सदस्यमा आवद्ध छन् ।

यो बिचमा उनी मन्थली माद्यामिक विद्यालयका इकाइ सचिव, शहिद स्मृती बहुमुखी क्याम्पसको नेविसंघ इकाइ उपसभापति र कार्यवाहक सभापतिका रुपमा पनि काम गरे ।

प्रदेश महाधिवेशन प्रतिनिधि भएपछी आफ्नो काम कर्तब्य र जिम्मेवारी बढेको अनुभव भएको बिश्वर्कमाले बताए ।

‘मैले अब जिल्ला भरी नै काम गर्नु पर्नेछ, काँग्रेस भित्र पनि दलितको प्रतिनिधित्व गर्दै उदाहरणिय बन्नु छ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु