शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गलत मान्छेलाई राष्ट्रपती बनाएर दुख पाइयो – राम कुमारी झाँक्री
Breaking News

गलत मान्छेलाई राष्ट्रपती बनाएर दुख पाइयो – राम कुमारी झाँक्री

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गलत मान्छे विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउँदा अहिलेको अवस्था आएको दाबी गरेकी छन् ।

विपक्षी गठबन्धनमा रहेका ५ राजनीतिक दलका विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा नेत्री झाँक्रीले आफूले त्यतिबेलै विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन नहुने सुझाव दिएको भए पनि नेतृत्वले नमान्दा संविधानको संरक्षण नभएको बताएकी छन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिल्दा संविधानमाथि हस्तक्षेप भएको उनले बताइन् । ‘आज हेड अफ द स्टेट र हेड अफ देक एक्जुकेटिभ मिल्दा संविधान च्यातचुत भएन ? लाखौं–हजारौंका सपनामाथि तुषारापात भएन ?’ झाक्रीले भनिन् ।

कुनै व्यक्तिको सत्ता निरन्तरता दिन पार्टी विघटन गरेको उनले आरोप लगाइन् । झाँक्रीले प्रतिनिधिसभा पुनःस्थापन भए पनि राजनीतिक स्थायित्व नहुने भन्दै अहिले निर्णायक बेला भएको बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु