शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तरुण नेताहरु महाधिबेशनमा अगाडी आउनु पर्छ -दिनेश बिक्रम शाह
गोकर्नेश्वोर बिशेष

तरुण नेताहरु महाधिबेशनमा अगाडी आउनु पर्छ -दिनेश बिक्रम शाह

तरुण नेताहरु महाधिबेशनमा अगाडी आउनु पर्छ -दिनेश बिक्रम शाह

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अधिक युवा तरुणहरू नेतृत्वमा आउनुपर्ने नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले बताएका छन् ।

काठमाडौं कांग्रेसका युवा नेता समेत रहेका शाहले शुक्रबार प्रेस नोट जारी गरेर ४० वर्ष काटेका तरुण नेताहरू पार्टीको नेतृत्वमा आउनुपर्ने बताएका हुन् । उनले कांग्रेसलाई नयाँ जीवन दिन युवाहरूले अग्रज नेताहरूको सम्मान गर्दै हस्तक्षेप गरेर नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

‘आउँदो महाधिवेशनमा तरुण नेता साथीहरूलाई आफ्नो तहमा उम्मेदवारी दिएर नेपाली कांग्रेस पार्टीको नेतृत्वमा स्थान लिनु पर्ने उनको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु