शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पार्टीको सभापति शेरबहादुर देउवालाई पहिलो चरणमा जिताउने तयारी
Breaking News

पार्टीको सभापति शेरबहादुर देउवालाई पहिलो चरणमा जिताउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका तीन दर्जन केन्द्रीय सदस्यहरूले १४औँ महाधिवेशनमा पार्टीको सभापतिमा शेरबहादुर देउवालाई पहिलो चरणमा जिताउने गरेर तयारी गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको देउवा निकटका ३१ जना केन्द्रीय सदस्यहरूको भेलाले सभापतिमा देउवालाई जिताउने गरेर काम गर्ने सहमति गरेको हो ।

केन्द्रीय सदस्यहरूले देउवालाई पहिलो चरणमै सभापतिमा जिताउने र दोस्रो चरणमा जानुपर्ने सभापतिका अन्य उम्मेदवारहरूसँग सहकार्य गरेर सौहार्दपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु