मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • एनआरएन युके, सदस्यको उम्मेद्वारमा बालकृष्ण दाहालको लोकप्रियता बढ्दै
गोकर्नेश्वोर बिशेष

एनआरएन युके, सदस्यको उम्मेद्वारमा बालकृष्ण दाहालको लोकप्रियता बढ्दै

२६ असार, लण्डन । नजिकिदै गरेको गैर आवासीय संघ युकेको निर्वाचनमा काठमाण्डौ कागेस्वोरी मनहरा नगरपालिका वडा नं ८ निवासी हाल बेलायतको रेडिङ्गमा बसोबास गर्ने बालकृष्ण दाहालको लोकप्रियता बढ्दै गएको देखिएको छ। उनको निर्वाचन अजेण्ड अरुको भन्दा अलि भिन्न भएकाले पछिल्लो समयमा उनलाई साथ दिने धेरै भएको उनले बताएका छन्। उनि भन्छन् ‘ जब मैले आफ्नो उमेद्वारी दिने घोषणा गरि त्यो दिनबाट आजसम्म मलाई देश विदेशबाट साथ-सहयोग र सुभकामना दिनीको संख्या बढ्दै गएको छ’।

दाहाल ‘Penny For Nepal’ का संस्थापक सदस्य तथा बोर्ड मेम्बेर पनि हुन्। उनले हालसालै आफ्नो संस्था र व्यक्तिगत सहयोगमा बढ्दै गएको विश्व महामारी कोभिड-१९ को संक्रमितलाइ मध्यनजर गर्दै नेपाललाई १२ ओटा ओक्सिजन कन्सनत्रटर पनि प्रदान गरेका थिए। साथै दाहालले नेपालमा आएको कोभिड-१९ को पहिलो लहरमा आर्थिक समस्या परेर दैनिकी जुगार गर्न असमर्थलाइ राहत वितरण गरेका थिए भनि दोस्रो लहरमा व्यक्तिगत सहगोग गरि कागेस्वोरी मनहरा अस्पतालमा ओक्सिजन सिलिन्डर प्रदान गरेका थिए। दाहालको सामाजिक कार्यको पृष्ठभूमि हेर्नी हो भनि उनले २००९ भन्दा अगाडी बाट नै नेपालमा रहेका असहाय, दीनदुखी, र रोगि हरुको उपचारमा सहयोग गर्दै आएको पाइन्छ । नेपालमा विनासकारी भुकम्प जादा विभिन्न ठाउँ बाट सहयोग संकलन गरि नेपालमा पठाएका थिए। उनले नेपालमा अपाङ्ग र मिर्गौला रोगीको उपचारको निम्ति बार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएका छन्। उनले नेपालमा हालसालै आफ्नो संस्था र विभिन्न साथ-सहयोगमा चितवनको चेपांग बस्तिमा बिद्यालयको पनि निर्माण गरेका छन। उनि भन्छन बाल-बालिका भनेका देशका खम्भा हुन्, खम्भालाइ बलियो बनाउने जिम्मा हाम्रो हो। येही कुरालाइ मध्यनजर गर्दै दाहाल युकेमा पनि बाल-बालिकालाइ प्राथमिकता दिएका छन्। उनले आफ्नो चुनाबी अजेण्डमा बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीलाई पनि समेटेर आफ्नो देश प्रति लगाब बढाउन र भाबी दिनमा उनीहरु कै नेतृत्वमा संघ निर्धक्क भएर हस्तान्तरण गर्न तयारी पनि गर्ने उल्लेख गरेका छन।

दाहाल भन्छन् यदि आफुले यो निर्वाचनमा जित हासिल गरे गैरआवासीय नेपाली संघमा आर्थिक पारदर्शिता गराउन आफ्नो कार्यसमितिमा पहल गर्ने, आफ्नो कला संस्कृति बचाउन, युकेमा रहेका दोस्रो पुस्तालाइ सामाजिक कार्यको महत्त्वो र देश प्रति लगाब बढउनि र गैरआवासीय संस्थाको हितमा काम गरेर संस्थालाई समृद्धि र बिकाश उन्मुख गर्ने उनको उदेश्य भएको बताएका छन्। यो अभियानमा साथ दिन सबै युके मा रहेका नेपालीलाई हार्दिक अनुरोध गर्दै र आफुलाई आत्यधिक मतले विजय गराउन अपिल समेत गरका छन्।

फेसबुक प्रतिक्रियाहरु