शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाबु सेन्चुरी बने नृत्य निर्देशक संघ गोकर्णेश्वरको सभापति
गोकर्नेश्वोर बिशेष

बाबु सेन्चुरी बने नृत्य निर्देशक संघ गोकर्णेश्वरको सभापति

मंसिर १, जुनेली न्युज।


गते शनिबार जय नेपाल संचार गृहमा भएको बृहत कार्यक्रममा बरिष्ठ नृत्य निर्देशकहरु, नृत्य निर्देशक केन्द्र , नृत्य निर्देशक काठमाडौं जिल्ला को पहल मा नृत्य निर्देशक सघं गोकर्णेश्वर गठन भएको छ।

सोही कार्यक्रमबाट अध्यक्ष बाबु सेन्चुरी , उपाध्यक्ष जिग्मे साम्डुप, सचिब सुमित तामाङ ब्लोन, सह- सचिव सौरभ प्रधान , कोषाध्यक्ष पुजा तामाङ, सह- कोषाध्यक्ष बिकाश भारती, सदस्यहरु अभि वाग्ले, जिना तामाङ , पारस बस्ताकोटी, सन्देश तामाङ, सुरज तामाङ लगायत ११ जनाको टिमलाई नृत्य निर्देशक संघ काठमाडौं जिल्लाका सभापती बुद्ध लामाले सपथ ग्रहण गराए।

नब नियुक्त नृत्य निर्देशक संघ गोकर्णेश्वरका अध्यक्ष बाबु सेन्चुरी ले गोकर्णेश्वरमा रहेर नृत्य पेशामा आबद्ध सम्पुर्ण ब्यक्तिको हकहितमा काम गर्ने , गोकर्णेश्वरलाई नृत्यको उर्बर भुमि बनाउने, नृत्यमा मौलिकता र आफ्नोपनको खन्तलासी गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।

सेन्चुरीको कार्यकाल सफल रहोस हाम्रो पनि शुभकामना

फेसबुक प्रतिक्रियाहरु