शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोविन्द पुडासैनी दोब्बर मतले जिल्ला सचिवमा विजयी
गोकर्नेश्वोर बिशेष

गोविन्द पुडासैनी दोब्बर मतले जिल्ला सचिवमा विजयी

जुनेली न्युज, काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का नेता गोविन्द पुडासैनीले कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सचिवमा आफ्नो प्रतिस्पर्धीलाई दोब्बर मतले पराजित गरी विजय भएका छन्। उनले १८१७ मत प्राप्त गरेका छन् ।

 

पुडासैनी विगत ३ दशक देखि राजनीतिमा निरन्तर रूपमा सक्रिय भएर लागेका छन्। राजनीतिका लागि र पार्टीका लागि धेरै कुरा त्याग गरेका पुडासैनी कांग्रेसमा काठमाडौं जिल्ला भित्र गनिएका नेता हुन्। काठमाडौं जिल्ला कोषाध्यक्ष रहदा पनि आफ्नो कार्यकालमा सक्रिय रूपमा लागि परी पार्टीको लागि काम गरी रहेका उनी हाल जिल्ला सचिवमा गतिलो मतले विजेेता भएका हुन्।

जिल्ला अधिवेशनमा मलाई जिल्ला सचिवमा विजय गराउने सबै मतदातालाई धन्यवाद दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु