शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विश्व प्रकाश पछि अर्का युवा नेताले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरे
समाचार

विश्व प्रकाश पछि अर्का युवा नेताले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरे

पौष ७,काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का प्रदेश प्रतिनिधि गोकुल रोक्काले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका छन्। आज भएको स्वोता रक्तदान अभियान २०२१ ले १३५ औं पटक आयोजना गरेको सो कार्यक्रमबाट गोकुल रोक्काले रक्तदान गरेका हुन् । रोक्का नेपाल तरुण दल काठमाडौं जिल्ला संगठन विभाग सदस्य समेत रहेका छन्।

सो अभियानको २००० जना रक्तदाता पुर्याउने  उदेश्य पूरा भए पछि खुसीयाली सहित पाटनको मंगल बजारमा रक्तदान कार्यक्रम आयोजित गरिएको थियो ।

अहिले नेताहरुले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्ने होडबाजी चलेको छ । केही दिन अगाडि कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले पनि रक्तदान गरेका थिए। देशका विभिन्न ठाउँमा विशेष गरी युवा नेताहरुले यस्ता कार्यमा अगाडि बढेका छन् ।

फेसबुक प्रतिक्रियाहरु