शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आफ्नो क्षेत्रका काँग्रेसी साथीहरुलाई हरिबोल भण्डारीद्वारा कार्यक्रम मार्फत धन्यवाद ज्ञापन
गोकर्नेश्वोर बिशेष

आफ्नो क्षेत्रका काँग्रेसी साथीहरुलाई हरिबोल भण्डारीद्वारा कार्यक्रम मार्फत धन्यवाद ज्ञापन

काठमाडौँ , जुनेली न्युज |  नेपाली काँग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार हरिबोल भण्डारीले आज आफ्नो क्षेत्र काठमाडौँ क्षेत्र नं ३ का  महाधिबेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति साथै वडा कार्यसमितिहरुलाई एक कार्यक्रम गरि धन्यवाद दिएका छन् | आफु केन्द्रीय सदस्यमा झिनो मतले पराजित भए पनि आफ्नो क्षेत्रका काँग्रेसी साथीहरुलाई धन्यवाद कार्यक्रम गरेको उहाले बताउनु भयो |

May be an image of 1 person and text

कार्यक्रम जोरपाटी को पिस व्यान्केटमा भएको थियो | सो कार्यक्रममा सभापतिका उम्मेदवार प्रकाशमान शिंहको पनि उपस्थिति रहेको थियो |

नेपाली कांग्रेस कार्यसमिति सदस्यमा विदेशमा बस्ने नेपालीको प्रतिनिधित्व समेत हुने गरी उमेदवारी  दिएका हरिबोल भण्डारीले आफुले प्राप्त गरेको साथ र समर्थनले अझ बढी मनोबल बढेको बताएका छन् ।

खर्स आर्य समूहवाट उमेदवारी  दिएका भण्डारीले १५९३ मत प्राप्त गरेका थिए । तर, जित हात पर्न भने सकेका थिएनन |

हार पनि जित हो , हारले अझ बढी बलियो बनाउछ, काम गर्ने थप जोस जागर दिन्छ भन्दै पार्टीमा निरन्तर सक्रिय रहने जुनेली न्युजलाई बताउनु भयो |

May be an image of 12 people, people standing, people sitting and outdoors

फेसबुक प्रतिक्रियाहरु