शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दिपक रिसालको क्षेत्रीय कार्यसमिति सचिवमा उत्साहित भोट
गोकर्नेश्वोर बिशेष

दिपक रिसालको क्षेत्रीय कार्यसमिति सचिवमा उत्साहित भोट

जुनेली न्युज, काठमाडौं। काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय सचिवमा उम्मेदवारी दिएका दीपक रिसालको सबै भन्दा बढी भोट आएको छ। ३६७ मत खसेकोमा उनले २१३ मत प्राप्त गरेका थिए । त्यस्तै उनी सँगै उम्मेदवार दिएका दिनेश अर्यालको १३६ मत, भुवन लामाको १८५ मा र मनोज ढुङ्गानाको १७७ मत आएको थियो।

२ जन सचिव हुनु पर्ने ठाउँमा दीपक रिसाल र भुवन लामाले विजय हासिल गरेका थिए । यो दुवै जन सन्तोष चालिसे समूहका उम्मेदवार रहेका थिए।

दीपक रिसाल १३ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका थिए। स्थानीय चुनाव पश्चात गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लहाकार समेत रहेर कार्य गरेका रिसाल निकै लोकप्रिय नेताका रूपमा गनिन्छन्।

विभिन्न संघ संस्था, महिला समूह, क्लबहरुलाई निरन्तर साथ गर्दै आएका उनी काठमाडौं क्षेत्र नं ३ का सक्रिय नेता हुन।

यति धेरै विश्वास गरेर विजय गराई थप जिम्मेवारी दिनुहुने संपूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई उनले धन्यवाद समेत व्यक्त गरेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु