शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पत्रकार श्रेष्ठद्वरा स्वतन्त्र उम्मेद्वरी घोषणा (भिडियोसहित)
रामेछाप बिशेष

पत्रकार श्रेष्ठद्वरा स्वतन्त्र उम्मेद्वरी घोषणा (भिडियोसहित)

चैत १९,

रामेछाप । पत्रकार सुमित श्रेष्ठले स्वतन्त्र उम्मेद्वरी घोषणा गरेका छन् । बिहिबार बिहान मन्थलीमा पत्रकार सम्मेलनको आगोजना गरि श्रेष्ठले आसन्न पत्रकार महासंघको चुनावमा स्वतन्त्र उम्मेद्वरी घोषण गरेका हुन् ।

लामो समयदेखि पत्रकारीता क्षेत्रमा लागेका श्रेष्ठ राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध रहेका छन् । उनले आफू स्वतन्त्र उम्मेद्वरी घोषणा गर्दै १४ बुँदै प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।

उनले आफू स्वतन्त्र उम्मेद्वर भएको र महासंघको आगामी नेत्त्रित्व गर्न सक्षम भएको जिकिर गर्दै आफूले भोट दिए जिताउनको लागि आग्रह गरे । पत्रकार महासंघको चुनान चैत्र २५ गते हुदै छ । रामेछापमा हाल सम्ममा प्रेस चौतारी रामेछापले आफ्नो उम्मेद्वरी घोषणा गरेको छ । चौतारीले सौजन्य प्रसाद् सत्यालाई उम्मेद्वरी घोषणा गेको छ । अन्य प्रेस संगठनहरुले उम्मेद्वारी घोषणाको तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु