शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रकार महासंघको चुनाव : रामेछापमा दलित पत्रकार संघले बुझायो ध्यानाकर्षण पत्र
रामेछाप बिशेष

पत्रकार महासंघको चुनाव : रामेछापमा दलित पत्रकार संघले बुझायो ध्यानाकर्षण पत्र

चैत १९

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यासमिति रामेछापले ध्यानाकर्षण पत्र बुझाएको छ । संघले आसन्न पत्रकार महासंघको चुनावमा जिल्लामा रहेर दलित समुदायबाट पत्रकारिता पेशामा लागेर कलम चलाउदै आएकाहरुलाई महासंघको चुनावमा पत्रकार कानुनत उल्लेख भएको जातिय कोटा, समावेशी र खुल्ला पदमार्फत महासंघमा दलित समुदायको पनि सक्रियता गराउनको लागि ध्यानाकर्षण गरेको हो ।

Image

संघले नेपाल पत्रकार महासंघसहित संघकोछाता संघभित्र रहेका प्रेस चौतारी रामेछाप, नेपाल प्रेस युनियन रामेछाप र प्रेस संगठनबाट आफ्ना दलित समुदायबाट नेत्त्रित्व गर्नेहरुलाई स्थान दिन भनेको छ । संगठनका जिल्ला अध्यक्षहरु युनिक बिफा घिसिङ्, अप्रिल अधिकारी र कैलाश खत्रीलाई संगठनका पदादिकारीहरुले भेट गरि एकैसाथ ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्र बुझ्दै चौतारीका जिल्ला अध्यक्ष घिसिङ्ले आफ्नो संघठनले दलित समुदायका पत्रकारहरुलाई महासंघको विधानमा उल्लेख गरेअनुसार निर्धारित कोटामा पठाउने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रेस युनियनका जिल्ला अध्यक्ष अधिकारीले पनि आफ्नो संगठनमा भएका दलित समुदायका पत्रकारहरुलाई उचित् स्थानमा पठाउने तयारी गरिरहेको भन्दै निर्धारित् कोटा, समावेशी र खुल्ला जुनबाट आउने चाहेपनि आफू पठाउन तयार रहेको प्रतिबद्धता जनाए ।

प्रेस संगठनका जिल्ला अध्यक्ष खत्रीले दलित समुदायका पत्रकारहरुले ध्यानाकर्षण पत्रमार्फत महासंघको नजिकिएको चुवानको ढोका ढक्ढक्याएको भन्दै समुदाय लक्षित कोटो उनीहरुले पाउने अधिकार भएको बताए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु