शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्स शाखा रामेछापले गर्यो ५ लाख बढी मुत्यु दाबी भुक्तानी (भिडियोसहित)
रामेछाप बिशेष

सिटिजन लाइफ इन्स्योरेन्स शाखा रामेछापले गर्यो ५ लाख बढी मुत्यु दाबी भुक्तानी (भिडियोसहित)

चैत १९,

रामेछाप । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले मुत्यु दाबी भुक्तानी गरेको छ ।

बिहिबार मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान गोपी कार्कीलाई ५ लाख १० हजार भुक्तानी गरेको हो । नवजागरण बचत तथा ऋण सहकारी संस्थामार्फत गरिएको बिमाबाट मृतकको परिवारले रकम पाएको हो ।

कम्पनीले सहकारीसंग सम्झौता गरेरै सहकारीका ऋणिहरुको बिमा गर्दै आएको छ । सहकारीको कार्यालयमा बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि ईन्स्योरेन्सकी शाखा प्रमुख मञ्जु उप्रेतीले मृतकका पतिलाई ५ लाख १० हजारको चेक हस्तान्तरण गरेकी हुन् । कार्कीको केही समय अघि उपचारको क्रम्मा ज्यान गएको थियो ।

रकम भुक्तानी गर्दै शाखा प्रमुख उप्रेतीले सिटिजन लाईफ इन्स्योरेन्सले बिमाको क्षेत्रमा एक कदम अघि रहेको बताइन् । उनले भनिन्-अरु पनि आफ्नो ठाउँमा राम्रो होलान् तर हामी अरु भन्दा फरक छौं, हामी झुटो बोलेर नभै साँचो बोलेर बिमा गराउछौं र भुक्तानी पनि दिनु पर्ने अवस्था आएको खण्डमा खोजेरै घर घरमा पुगेर दिन्छौं  ।

फेसबुक प्रतिक्रियाहरु