बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • लागूऔषध कारोबारमा संलग्न ९ जना पक्राउ
दुर्घटना/अपराध

लागूऔषध कारोबारमा संलग्न ९ जना पक्राउ

फागुन ०२

काठमाडौं | लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्‍नलाई पक्राउ गरेको छ । ब्यूरोले लागूऔषध कारोबारमा संलग्न ९ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरूलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल सहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु