शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • थप १०४ जनामा कोरोना पुष्टि
समाचार

थप १०४ जनामा कोरोना पुष्टि

फागुन ०२

काठमाडौं | पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप १३१ जना कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६९ हजार ६० जनाले कोभिड जितेका छन् भने हालसम्म २ हजार ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा हाल १६ सय ४ जना आइसोलेसनमा र ७९ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख १७ हजार ५० जनामा पीसीआर परीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु