शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • संसद् बिघनटको बिरोध : प्रजातान्त्रिक समाजले बुझायो प्रजिअलाई बिरोध पत्र (पत्रसहित)
रामेछाप बिशेष

संसद् बिघनटको बिरोध : प्रजातान्त्रिक समाजले बुझायो प्रजिअलाई बिरोध पत्र (पत्रसहित)

फागुन ०२,

रामेछाप । संसद् बिघटन अलोकतान्त्रिक र असंबैधानिक भएको भन्दै प्रजातान्त्रिक विचार समाज रामेछापले आइतबार बिरोध पत्र बुझाएको छ । समाजले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन कुमार शर्मा (गुरागाई) मार्फत सम्बन्धित पक्षलाई लक्षित गरि संसद् बिघटन गरेर देशलाई अन्धकारको भूमरिमा धकेलेको भन्दै पत्र बुझाएको हो ।

समाजले संसद् बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सो कदमको घोर भत्सना गरेको  समाजका जिल्ला अध्यक्ष नारायण बोगटी, बागमती प्रदेशका, प्रदेश अध्यक्ष भरत प्रसाद् दवाडी र केन्द्रीय समितिका अध्यक्ष डा केदारनरसिंह केसीले हस्ताक्षर गरेको बिरोध पत्रमा उल्लेख छ ।

समाजले आइतबार सातै प्रदेश र जिल्ला शाखाहरुबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पत्र बुझाएको हो । उनीहरुले नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रनितिधि सभाले उपधारा (१) देखि (६) सम्मका बिकल्पहरु प्रयोग गरिसक्दा पनि नयाँ सरकार दिन सनकेको परिस्थितिमा मात्र प्रतिनिधि सभा बिघटनको परिकल्पना गरेकोमा उल्लेखित कुनै पनि विकल्पको परीक्षण र प्रयोग नगरी हठात् रुपमा गरिइको संसद् विघटनले सरकार असंबैधानिक र तानाशाही बाटो हिड्ने खोजेको प्रमाणित् भएको पुष्टि भएको उल्लेख छ ।

संसद् बिघटन गर्ने ओलीको कद्म गैर जिम्मेवार पूर्ण रहेको बताइएको छ । प्रजातान्त्रिक समाजले संसद् पुःनस्थापना गरि देशलाई लोकतान्त्रिक दिशामा फर्काउन समेत माग गरेको छ ।

बिरोध पत्र बुझाउन नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेसहित कांग्रेसका कार्याकर्ताहरुको उल्लेखनिए सहभागिता रहेको थियो ।

बिरोध पत्र हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु