शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सरकारको पछिल्लो कदम सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृङ्खला हो । – विश्वप्रकाश शर्मा
समाचार

सरकारको पछिल्लो कदम सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृङ्खला हो । – विश्वप्रकाश शर्मा

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृङ्खला’ को संज्ञा दिएको छ ।

न्युज एजेन्सी नेपालसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताए ।

सरकार एकपछि अर्को संवैधानिक व्यवस्थालाई उलंघन गरेर सरकार संविधानलाई विखण्डित गर्ने यात्रामा अघि बढेको उनले प्रतिक्रिया दिए ।

‘संसदीय सुनुवाइपछि मात्रै नियुक्तिको प्रक्रियालाई पूर्णता दिने भन्ने हाम्रो संवैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रष्ट छ । तर त्यो केही पनि नगरिकन आज एकाएक सपथ ग्रहण भयो ।’ उनले भने, ‘यो स्थिति जन्मनुको पछाडि दुईवटा कुराले प्रधानरुपमा काम गर्यो । एकातर्फ उहाँहरुसंग रहेको भनिएको दुई तिहाइको दम्भ र अर्को तर्फ उहाँहरुको द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रा उहाँहरुले अगाडि बढाउनुभएको छ ।’

शर्माले पछिल्लो कदम सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृङ्खलाको भएकाले त्यसविरुद्धको संघर्षलाई अझै घनीभूत बनाउनुपर्ने निष्कर्षमा पार्टी पुगेको पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु