शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माधव कुमार नेपालले दलित समूदायसंग माफि मागे,
समाचार

माधव कुमार नेपालले दलित समूदायसंग माफि मागे,

पुष १५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता माधव कुमार नेपालले दलित समूदायसंग माफि मागेेका छन् ।

मंगलबार प्राइम टेलिभिजमा अन्तर्वार्ता दिदै उनले ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा दलित समुदाय लक्षित शब्द प्रयोग गरेका थिए । क्षमा याचना गर्दै बुधबार नेपालले आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समनताका पक्षमा लगाएको उल्लेख गरेका छन् ।

उनले अन्तर्वार्तामा लामो समय आफ्नै तारिफमा निकै लामो समय बिताएका थिए । नेपालले आफू स्वाभिमानी नेता भएको जिकिर गरे । आफूले मात्रै देश बनाउने क्षमता भएको जिकिर गरे । नेपालले अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचन गरेका थिए ।

भिडियो साभार प्राइम टेलिभिजनको युटुबबाट 

फेसबुक प्रतिक्रियाहरु