बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु : अन्य गाउँपालिकामा पनि जारी
रामेछाप बिशेष

रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु : अन्य गाउँपालिकामा पनि जारी

कात्तिक २३,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण रोकिएको परीक्षा आइतबारदेखि संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेदेखि परीक्षा संचालन गरिएको छ ।

नगरभित्रका ६ वटै माध्यमिक विद्यालयरुले परीक्षा संचालन् गरेका हुन् । विगतमा राष्ट्रिय परीक्षा वोर्डले संचालन गर्दै आएको परीक्षा कोरोना भाइरस संक्रमणका कारण हुन नसक्दा परीक्षा वोर्डले स्थानीय तहहरुसंग समन्वय गरेर विद्यालयहरुलेनै परीक्षा लिन सक्ने निर्णय गरेका कारण हाल नगरपालिका तथा गाउँपालिकाहरुले परीक्षा धमाधम लिई रहेका छन् ।

नगपालिकाले संचालन गरेको परीक्षमा नगरभित्रका करिब ५ सय विद्यार्थी सहभागि भएका छन् ।

जिल्लाको मन्थली नगरपालिकाले गत कात्तिक १९ गतेदेखि परीक्षा लिई रहेको छ । नगरपालिकाले संचालन गरेको परीक्षामा नगरले विभिन्न विद्यालयमै पुगेर अनुगमन् गरिरहेको छ । आइतबार मात्रै पनि नगर प्रमुख रमेश बस्नेतसहितको टोलीले  मन्थली नगरपालिकाको वडा नं ८ चिसापानी स्थित भिमेश्वोर माविमा जारी परीक्षाको अनुगमन् गरेको छ ।

खाँडादेवी गाउँपालिकाले भने दशैतिहार अघिनै परीक्षा लिसकेको छ । उमाकुण्ड गाउँपालिकामा मंसिरको ३ गतेदेखि परीक्षा हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले जुनेली न्युजसंग बताए ।

त्यस्तै जिल्लाको सुनापती गाउँपालिकामा कुनै विद्यालयले परीक्षा सकाएका छन् भने दुई विद्यालयले परीक्षा संचालन गरिरहेको गाउँपालिका प्रमुख धावा लामाले जुनेली न्युजसंग बताए ।

यता लिखुतामाकोशी गाउँपालिमा भने परीक्षाको बारेमा बुझ्न खोज्दा उपाध्यक्ष तथा कार्यकारी अध्यक्ष दिपशिखा दाहाललाई सम्पर्क भएन ।

योपनि पढनुहोस् – रामेछाप नगरपालिकाद्वरा नगरभित्रका विद्यालयलाई परीक्षा संचालन गर्न निर्देशन : यस्तो नियम लागू !

मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु : नगरपालिकाद्वरा अनुगमन
उमाकुण्ड गाउँपालिकामा मंसिरको ३ गतेदेखि कक्षा ११ को परीक्षा सुरु

फेसबुक प्रतिक्रियाहरु