शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु : नगरपालिकाद्वरा अनुगमन
रामेछाप बिशेष

मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु : नगरपालिकाद्वरा अनुगमन

कात्तिक १९,

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा कक्षा ११ को परिक्षा बुधबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११ को परीक्षा विद्यालयलेनै संचालन गर्न सक्ने निर्देशन दिए अनुसार नगरपले आफ्ना नगरपालिकाका सात वटै माविले बुधबारदेखि परीक्षा लिएको हो ।

कोरोना भाइरस संक्रमणले गत बैशाखमा हुनु पर्ने परीक्षा रोकिएको थियो । यस अघि कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा वोर्डले लिदैआएको थियो । मन्थली नगरपालिकाको १४ वडाका सात माविले बुधबार रोकिएका परीक्षा लिएका छन् । परीक्षा संचालन गर्नेमा मन्थली माध्यामिक विद्यालय, सारदा माध्यामिक विद्यालय गेलु, भिमेश्वर माध्यामिक विद्यालय चिसापानी, निलकण्ठेश्वर माध्यामिक विद्यालय कठजोर, रुद्राक्षश्वर माध्यामिक विद्यालय मुगिटारलगायतका विद्यालयहरु हुन् ।

उनीहरुले कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर परीक्षा संचालन गरेको दाबी गरेका छन् । जसको लागि एउटा कोठामा बढीमा २० जनासम्म परीक्षार्थी राखेका छन्, एउटा बेन्चमा एक जनामात्रै परीक्षार्थी रखेका छन् , परीक्षार्थीहरुलाई साबुन पानीले अनिवार्य हात धुने व्यवस्पान गरिएको छ । मास्क अनिवार्य प्रयोग गरिएको छ मन्थली माविका प्रधानध्यपक टंकप्रसाद दाहालले भने ।

उनका अनुसार नगरभित्रका करिव ४ सय विद्यार्थीले परिक्षा दिएका छन् । मन्थली माविमा मात्रे २४३ जनाले परीक्षा दिनुपर्नेमा दशैमनाउने गाउँ गएकाले ९ जना परीक्षार्थी छुटेको उनले बताए । छुटेका परीक्षार्थीहरुलाई पछि पनि परीक्षाको व्यवस्था गरेको दाहालले बताए । नगरपालिकाले संचालन गरेको सो परीक्षा आगामी कात्तिक २८ गते सकिने छ ।

बुधबार नगरपालिकाले संचालन गरेको परीक्षाको केहि बिद्यालयहरुमा अनुगमन गरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाधर लिलाराज पौडेलले जानकारी दिए । उनले अनुगमको क्रममा स्वास्थ्य सुरक्षाको उपाए अपनाइएको पाइएको जुनेली न्युजसंग बताए ।

फेसबुक प्रतिक्रियाहरु