शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिकामा कात्तिक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन हुदै
रामेछाप बिशेष

रामेछाप नगरपालिकामा कात्तिक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन हुदै

कात्तिक १९,

रामेछाप । रामेछाप जिल्लाको, रामेछाप नगरपालिकामा कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन गर्ने भएको छ । गत बैशाखमा हुनु पर्ने परीक्षा कोरोना भाइरस संक्रमणले रोकिएको थियो । रोकिएका परीक्षा कात्तिक २३ गतेदेखि संचालन गरिने तयारी थालिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिए ।

रामेछाप नगरपालिका भित्र रहेका ५ वटा माध्यमिक विद्यालयमा परीक्षा हुने छन् ।  नगरपालिका भित्र रहेका गौरीशंकर मावि,  चण्डेश्वर मावि,  हिमगंगा मावि,  रेणुकादेवी मावि र जनता माविलगायतका विद्यालयहरुमा परिक्षा सञ्चालन उनले बताए ।

परीक्षाका लागि नगपभित्रका  करिव ५ सय विद्यार्थी सहभागि हुने छन् । उनीहरुलाई कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकाले जारी गरेको सुरक्षाका उपायअपनार परीक्षा संचालन गरिने नगरको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु