शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • उमाकुण्ड गाउँपालिकामा मंसिरको ३ गतेदेखि कक्षा ११ को परीक्षा सुरु
रामेछाप बिशेष

उमाकुण्ड गाउँपालिकामा मंसिरको ३ गतेदेखि कक्षा ११ को परीक्षा सुरु

कात्तिक १९,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी मंसिरको ३ गतेदेखि परीक्षा संचालनको तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११ को परीक्षा स्थानीय तहले र विद्यालयलेनै संचालन गर्न सक्ने निर्देशन दिए अनुसार गाउँपालिकाले मंसिरमा परीक्षाको तयरी गरेको उनले बताए । बुधबार जुनेली न्युजसंग कुरा गर्दै शिक्षा शाखाका प्रमुख ङावा शेर्पाले मंसिरको ३ गतेदेखि परीक्षाको तयारी गरिएको जनाकारी दिए । उनका अनुसार गाउँपालिका भित्रमा १ सय ५० भन्दाबढी बिद्यार्थीहरु परीक्षामाको तयारी गरिरहेका छन् ।

गत वैशाखमा हुनु पर्ने परीक्षा कोरोना भाइरस क्रमणका कारणले रोकिएको थियो । ३  गतेदेखि हुने परीक्षा मंसिरको १५ गते सकिन छ ।

फेसबुक प्रतिक्रियाहरु