शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिकाद्वरा नगरभित्रका विद्यालयलाई परीक्षा संचालन गर्न निर्देशन : यस्तो नियम लागू !
रामेछाप बिशेष

रामेछाप नगरपालिकाद्वरा नगरभित्रका विद्यालयलाई परीक्षा संचालन गर्न निर्देशन : यस्तो नियम लागू !

कात्तिक २१,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आफ्नो नगरपालिका भित्रका माद्यमिक विद्यालयहरुलाई कक्षा ११ र १२ को परीक्षा संचालन गर्न निर्देशन जारी गरेको छ ।

नगरपालिकाले शुक्रबार एक सूचना प्रकाशन गरी यस्तो निर्देशन दिएको हो ।

नगरपालिकाले आफ्नो माताहत रहेका ६ वटा माविहरुलाई आगामी २३ गतेदेखि कक्षा ११ को र माग ९ गतेदेखि गराउन भनेको छ ।

कक्षा ११ को परीक्षा हाल विद्लयहरुले लिनसक्ने निर्देशन अनुसार परीक्षा लिनको लागि परिप गरिएको हो ।

गत २०७६ सालको वैशाखमा हुनु पर्ने कक्षा ११ को परीक्षा कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो ।

परीक्षा संचालन गर्नको लागि नगरभित्रका विद्यालयरहरुलाई परिपत्र जारी गर्दै नगरले सबै बिद्यालयमा विद्यार्थीहरुको संख्या पनि नगरपालिकामा उपलब्ध गराउन माग गरेको छ ।

त्यस्तै परीक्षा संचालन गर्दा नेपाल सरकार तथा विश्व स्वस्थ्य संगठनले जारी गरेको कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएका स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न पनि निर्देशनमा भनिएको छ ।

नगरभित्र करिब ५ सय जना विद्यार्थीहरु कक्षा ११ को परीक्षामा सहभागी हुने छन् ।

निर्देशन हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु