शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले महिलाहरुका लागि ड्राइभिङ्ग तालिम संचालन गर्दै
रामेछाप बिशेष

मन्थली नगरपालिकाले महिलाहरुका लागि ड्राइभिङ्ग तालिम संचालन गर्दै

कात्तिक २१,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ड्राइभिङ्ग तालिम संचालन गर्ने भएको छ ।

शुक्रबार एक सूचना मार्फत नगरपालिकाले तालिम संचालन गर्ने बारे जानकारी दिएको हो ।

चालु आर्थक वर्ष २०७७-०७८ मा महिला विकास कार्यक्रम अनुसार नगरपालिकाले सो तालिम संचालन गर्न लागेको हो । नगरभित्रका १४ वटै वडाबाट १५ जना महिलाहरुको सहभाहिता हुने गरी तालिम संचालन गर्ने तयारी नगरले गरेको छ । तालिममा सहभागि हुनको लागि यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालय समय भित्र निवेदन दर्ता गर्न भनिएको छ ।

त्यसको लागि नगरभित्रका महिलाहरुलाई निवेदन दिनको लागि नगरले आज आह्वन समेत गरेको छ । निवेदन दिनको लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, नेपाली नागरिक हुनु पर्ने, आधारभूत तहको शिक्षा लिएको हुनु पर्ने शर्त नगरले राखेको छ ।

तालिम भने काठमाडौंमा संचालन हुने छ ।

सूचना हेर्नुहोस्

 

फेसबुक प्रतिक्रियाहरु