शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गोकुलगंगा गाउँपालिकाले पालिका बासीलाई अनुदानमा २५ लाखसम्म दिने
रामेछाप बिशेष

गोकुलगंगा गाउँपालिकाले पालिका बासीलाई अनुदानमा २५ लाखसम्म दिने

कात्तिक २१,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाबाट दिईने अनुदान सम्बन्धि कार्यविधि/निर्देशिका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । छलफलमा बोल्दै नेपाल सरकारका पूर्व सचिव एवं अर्थविद् कृष्णहरि बाँस्कोटाले आनुदानलाई सहि सदुपयोग गर्ने तर्फ ध्यान दिन सूझाव दिएका छन् । गाउँपालिकाले पालिका भित्र विभिन्न ब्यवसायिक क्रियाकलाप गर्न चाहाने पालिकाका नागरिकहरुलाई १ लाख देखि २५ लाखसम्मको अनुदान दिने निर्देशिका तयार गर्दै गरेको अवस्थामा शुक्रबार सूझाव संकलन गरेको हो ।

चालु आर्थिक वर्ष २०७७-०७८ मा पालिकालाई आर्थिक दृष्टि कोणले सूधार गर्ने लक्ष्य लिएको गाउँपालिकाले कृषकहरुलाई ब्यवसायमा आत्मनिर्भर बनाउनको लागि प्याज रोप्नेदेखि बंगुरपालन, कुखुरापालन, पशुपंछीपालन, उधोग कलकारखाना संचालन गर्ने, पर्यटन व्यवसाय संचालन गर्ने, खानी उत्खनन् गर्ने युवा रोजगारी, उधम्शिल्ता, क्षमता अभिवृद्धी गर्ने, शिक्षा, स्वस्थ्यलगाएतका विभिन्न शिर्षकमा अनुदान दिने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार साना खेती किसानहरु अर्थात प्याज खेती गर्नेहरुलाई १ लाखका दरले अनुदान दिने छ । त्यस्तै बंगुरपालन व्यवसायी गर्नेलाई १० लाख सम्ममा अनुदान् दिने तयारी गरिएको छ । भने त्यसपछि पर्यटन, स्वास्थ्य लगाएताको ठूला योजनाहरुलाई १५ देखि २५ लाखसम्म अनुदान दिने गाउँपालिकाले योजना बनाएको छ ।

आज सोही योजनालाई कसरी पार्दर्शी, मितब्यायी, सरल,प्रभावकारी बनाउन सकिन्छ भनेर आवश्यक सूझाव तथा छलफल गरेको सुवेदीले बताए ।

कार्यक्रममा बागमती प्रदेशका संसद शान्ति प्रसाद पौड्लको पनि उपस्थिति रहेको थियो । उनले अनुदान दिने गाउँपालिकाको वार्षीक नीति नागरिकको जीवन उकास्ने योजना भएको बताउदै वास्तविक क्षेत्रमा अनुदानको लगानी गर्न सुझाव दिए । उनले युवाहरुको समूहलाई पहिचान गरि युवाहरुलाई पनि कृषी पेशामा लाग्न प्रेरित् गर्नु पर्ने बताए ।

त्यस्तै गाउँपालिकका प्रमुख खड्क बहादुर सुनुवारले सबैको सुझावलाई ध्यानमा राख्दै अनुदाकको कार्यक्रमलाई चाडै कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिकाले आगामी वर्षको लागि राखेका उदेश्यहरु यो https://gokulgangamun.gov.np/लिङक मा गएरा पनि हेर्न सक्नुहुने छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु