सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • नेपाल-भारतबिचको समस्या संवाद मार्फत हल गर्नुपर्छ-प्रधानमन्त्री ओली
समाचार

नेपाल-भारतबिचको समस्या संवाद मार्फत हल गर्नुपर्छ-प्रधानमन्त्री ओली

कात्तिक २१,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका बिचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका छन् ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसंगको शिष्टाचार भेटवार्तामा ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको  भेटवार्तामा सेनाध्यक्ष नरवाणेसंग ओलीले दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउदै नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान गर्नु पर्ने बताए ।

उनले दुईदेशबिच संवाद गरी हलगर्दा समस्या हल हुने विश्वास ब्यक्त गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु