शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापमा चालु आर्थिक वर्षमा ११ जनाले आत्महत्या गरे : देशभरी दैनिक १९ जनाले आत्महत्या
रामेछाप बिशेष

रामेछापमा चालु आर्थिक वर्षमा ११ जनाले आत्महत्या गरे : देशभरी दैनिक १९ जनाले आत्महत्या

आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालय

भदौ २५

रामेछाप । रामेछाप जिल्लामा चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको अवदीमा कूल ११ जनाले आत्महत्या गरेका छन् । बिहिबार (आज) विश्व आत्महत्या रोकथाम दिवसको जिल्ला प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार तीन महिलासहित कूल ११ जनाले आत्महत्या गरेका हुन । जसमा विष सेवान गरी दुई महिला र एक पुरुष गरी तीनले आत्महत्या गरेका छन् ।

त्यस्तै खोलामा हामफाली एक जना महिलाले ज्यान गुमाएकी छन् । त्यस्तै झुण्डिएर तीन महिला र दुई जना पुरुषले आत्महत्या गरेका छन् । भने दुई जना बालकले पनि ज्यान गुमाएका छन् ।

गत वर्ष २०७६/०७७ मा झुण्डिएर १२  जना महिलाले ज्यान गुमाएका थिए ।  त्यस्तै पुरुष २१ जना रहेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ । त्यस्तै बालक दुई जना र बालिका ४ जना गरी ३९ जना रहेका छन् ।

त्यस्तै विष सेवान गरी ६ जना महिला , ४ जना पुरुष र एक जना बालिकासहित ११ जना रहेका छन् ।

गत वर्षमा कूल ५० जनाले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा विभिन्न कारणले आत्महत्या गरेका थिए । जिल्लामा कोरोना भाइरस  संक्रमण फैलिएपछि आत्महत्याका घट्ना बढेको पाईएको थियो ।

नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको चैत्र १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले देशका विभिन्ना ठाउँमा आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु