बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • आज थप १२४६ जनामा कोरोना पुष्टि : संक्रमित संख्या ५० हजार नाघ्यो
समाचार

आज थप १२४६ जनामा कोरोना पुष्टि : संक्रमित संख्या ५० हजार नाघ्यो

कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८१८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुबाट १११४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । ५ हजार ८०६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु